आगलागी नियन्त्रणबाहिर : १ सय १० घर जल्यो, कर्णाली प्रदेश सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं– कालीकोटको पलाता गाँउपालिका वडा नं. १ खाडा न्यौपाने गाउँमा भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको छ । 

कर्णाली प्रदेश सरकारले प्रभावित परिवारलाई राहतस्वरुप नगदसहित लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको हो । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा भिषण आगलागि र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । 
मुख्यमन्त्रीले आगलागिबाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्वन्धित निकायलाई आग्रह पनि गरेका छन् । 

शाहीले घटनाको सूचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहतको प्रवन्धका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

आगलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?