बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालीको प्रसिद्ध निर्माण कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ।
गत आइतबार मेलम्ची विकास समितिमा ठेक्का रद्द गरेको पत्र थमाएर भाग्न खोजेको इटालियन कम्पनीका कर्मचारी भने फर्किइसकेको छन् ।
सय वर्षभन्दा अगाडि स्थापित सिएमसी मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको कम्पनी हो ।
नेपालको मेलम्ची परियोजनामा सिएमसीको अढाइ अर्ब धरौटी रकम छ।
तर यसले आफ्नो कम्नी टाट पल्टिएको भन्दै यस्तो निर्णय गरेको थियो ।
समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थाहापाएपछि बिहिबार सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको हो ।
खानेपानी मन्त्रालयले जनाएको छ कि, ठेक्का रद्दको चिठी फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको छ तर ठेक्का रद्दको पत्र थमाएर इटाली गइसकेका कर्मचारी काममा फर्केका छैनन् ।
तर ति कर्मचारीले भने इटालीस्थित कम्पनीमा परामर्शका लागि आफूहरु आएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया