अपरिचित व्यक्तिको कुटाइबाट बैतडीमा वृद्धको मृत्यु

बैतडी । बैतडी सिगाास गाउँपालिकामा अपरिचित व्यक्तिको कुटाइबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

आइतवार राति अपरिचित व्यक्तिको कुटाइबाट मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्याय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । 

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । 

कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । 

घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?