काठमाडौं । कालिकोट जिल्लाको पलाँता गाउँपालिका-१ खाडामा आगलागी हुँदा ८७ घर जलेका छन् । ८७ मध्ये ८० घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने ७ घरमा क्षति पुगेको छ ।
सो बस्तीमा बिहान करिब २ बजे आगो लागेको बताइएको छ । आगो निभाउने क्रममा स्थानीय ७ जना घाइते भएका छन् ।
अहिलेसम्म ८७ घर जलेको जानकारी आए पनि एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए ।
उनका अनुसार थिर्पु र पचालझरनाबाट गएको प्रहरी टोली र स्थानीयबासिन्दाको प्रयासमा बिहान साढे ९ बजेतिर आगलागी नियन्त्रणमा आएको छ ।
प्रहरी निरीक्षक मल्लका अनुसार अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन । क्षतीको विवरण र घटनाबारे अनुसन्धान भइरहेको छ ।
घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोश टाढा बाजुरानजिक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया