भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आइतवारराति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ ।
आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया