काठमाडौं । कालीकोटको पलाता गाउँपालिका वडा नम्बर १ स्थित न्यौपाने बस्तीमा आज बिहान आगलागी भएको छ ।
बिहान साढे २ बजेतिरबाट सुरु भएको आगलागीले ३२ बढी घर जलेर नष्ट भएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
अहिले आगो नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले लोकान्तरलाई बताए । उनका अनुसार खरले छाएका र जोडिएका घर भएकाले बस्ती नै ठूलो क्षति भएको छ ।
आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
आगलागी भएको स्थान जिल्ला सदरमुकाम मान्माबाट ३२ कोष र गाउँपालिकाको केन्द्रबाट चार घण्टाको दूरीमा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया