काठमाडौं । काठमाडौँ उपत्यकासहित देशैभरीको मौसम आज सामान्यतया सफा रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीपख हुस्सु र कुहिरो लागे पनि दिउँसोको मौसम भने सफा रहने भएको हो । काठमाडौंमा बिहान सामान्य कुहिरो लागेको भए पनि त्यो विस्तारै हट्न थालेको मौसमविद मञ्जु बासीले बताइन् ।
‘अहिले काठमाडौँ उपत्यकामा सामान्य कुहिरो लागेको भए पनि त्यो बिस्तारै यो हट्ने क्रममा छ,’ उनले भनिन्, ‘तराईका केही क्षेत्रमा लागेको हुस्स पनि हट्ने क्रममा रहेकोले नौ दशबजेपछि देशैभर घाम लाग्ने सम्भावना छ ।’
काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम आइतबार जस्तै ३.५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ को बीचमा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया