नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र बाटो खर्च १०० प्रदान गरी सम्मान गरेका हुन् ।
त्यस अवसरमा अध्यक्ष कक्षपतिले गाउँपालिकाले पुस १६ देखि पालिकाको आठवटै वडाका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले ज्येष्ठ नागरिकको सामाजिक विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया