सरकार बरालियो : गगन थापा

काठमाडौँ नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरेका छन् । 

स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघले चापाकोटमा आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै नेता थापाले अहिलेको सरकार इतिहासकै बलियो सरकार भएपनि बरालिएको टिप्पणी गरेका हुन् । 

नेता थापाले भन्नुभयो, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ, तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।”

नेता थापाले भन्नुभयो, “ईतिहासकै बलियो सरकार हुँदा हुँदै पनि सरकारले पाएको मौकाको सही सदुपयोग गर्न नसक्नु दुर्भाग्यपूर्ण हो ।”

“हामी चाहन्छौं सरकारले धेरै भन्दा धेरै कार्यहरु गरोस् र सफल होस् त्यो भन्दा बढी राम्रो काम गर्नेगरी अर्को पटक कांग्रेसले जितोस् ।”

सामान्य टिका टिप्पणी पनि सुन्न नसक्ने गरेकाले अहिलेको सरकार अधिनायकवादी भएको थापाको भनाई छ ।

उहाँले थप्नुभयो, “अहिलेका प्रधानमन्त्रीले संविधान सभा, नयाँ संविधान, सवै तहको निर्वाचन, संघीयता, गणतन्त्र सजिलैसँग पाएको जस्तो ठानेको छ, त्यसैले यस्लाई त्यसको माया छैन। ”

गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाँडा तथा स्थानीय कला, संस्कृतिहरुको प्रचार प्रसार, स्थानीय खानाका परिकारहरुलाई प्राथमिकताका साथ महोत्सव अवधिमा प्रदर्शन गखिएको थियो । महोत्सवमा २२० वटा विभिन्न प्रकृतिका स्टलहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?