‘ए’ डिभिजन लिग फुटबल : मनाङद्वारा पुलिस १–० ले पराजित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली पुलिसलाई १–० गोलले हराएको छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतवार भएको खेलमा मनाङले पुलिसलाई १–० गोलले हराएको हो । 

योसँगै मनाङ ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । 

खेलमा मनाङका लागि विदेशी खेलाडी अडेलजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा भने गोल खान पुग्यो ।

खेलको ५२औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । 

लिगमा १० खेलबाट मनाङले जित हात पार्दै ३० अंक भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?