काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका छन् ।
यही पुस १२ गते धरहरा परिसरमै आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले धरहरा भत्किएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने जानकारी दिए ।
अहिले धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको उनले बताए ।
पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया