दाङ बस दुर्घटनाः घाइते मध्य १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं ।  राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटनामा परी घाइते भएका १२ जनालाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।

घाइतेहरुको उपचार हाल वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको छ। घाइतेहरुलाई भेट्न शिक्षामन्त्री गिरिराजमणि पोखरेल वीर अस्पताल पुगका थिए ।

घाइतेमध्ये ४ जना गम्भीर छन्। दुर्घटनामा परी १४ जना घाइते भएका थिए। अन्य २ जनाको कोहलपुरमा भइरहेको छ।

घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्।

उनीहरु  सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेका थिए ।  बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो ।

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?