यस्तो छ चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ ।

सोमबार बिहान उनीसँगै भारतको नेपाल वर्न सेन्टरमा रहेका योगराज कँडेलले दिएको जानकारी अनुसार क्रमिक रुपमा भण्डारीको स्वास्थ्यमा सुधार देखिएको हो ।

कँडेलका अनुसार भण्डारीको प्लेटलेट हाल १ लाख १२ हजार रहेको छ । भने पिसावको मात्रा पनि नर्मल किसिमको रहेको छ । साथै कल्चरको रिपोर्ट दुई दिनपछि आउने र कृतिम अक्सिजन ६० प्रतिशत पुर्याइएको छ ।

अब कृतिम अक्सिजन अर्थात् भ्यान्टिलेटरबाट हटाउने तयारी भइरहेको छ ।

उपचाररत भण्डारीले इरिइटेट मानेको कारण अक्सिजनको मात्रा बढाइएको उनले जानकारी गराएका छन् ।

केही दिन अघि उनको बुद्धनगरस्थित घरमा ग्यास विस्पmोट भइ घाइते भएका थिए । उनीसँगै घाइतेभएकी उनकी आमाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?