बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ चिरपानीमा रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउँपालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो ।
रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आइतवार शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया