एकैखाले तालिममा सकिँदै ७ अर्ब

काठमाडौँ – सरकारले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न यस वर्ष ११ वटा मन्त्रालयमार्फत ७ अर्ब रुपैयाँ खर्चंदै छ । तर, समन्वयबिनै कार्यक्रम तय गरेका मन्त्रालयले एकैखाले तालिममा रकम सक्दै छन् ।

सरकारले हरेक वर्ष एक लाखलाई रोजगारी सिर्जना गर्ने गरी बजेट दिने प्रतिबद्धता जनाएकोमा मन्त्रालयले आफूखुसी रकम खर्चिरहेका हुन् ।

नेपाल भोकेसनल क्वालिफिकेसन सिस्टम प्रोजेक्ट (एनभीक्यूएस) ले ११ वटै मन्त्रालयको बजेट पुस्तिकामा उल्लिखित विवरण अध्ययन गर्दा ७ अर्ब १० करोड ३१ लाख रुपैयाँ तालिमलाई विनियोजन गरेको पाइएको हो । एनजीओ र आईएनजीओले गर्ने खर्च, स्थानीय र प्रदेश तहले दिने तालिमको योजना यसमा समेटिएको छैन । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?