काठमाडौं– नेकपाका ४० बढी केन्द्रीय सदस्यले दूरसञ्चार प्राधिकरणमा नियसक्त भएका विवादास्पद व्यक्ति दिगम्बर झालाई हटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
ओलीले “म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” भन्दै आएपनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले कसरी राजनीतिक नियुक्ति पाउन सफल भए भन्ने प्रश्न गरिएको छ ।
कतिपय घटनाक्रम तथा काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्पmबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौं’ ज्ञापनपत्रमा भनिएको छ ।
विद्युतीय माध्यमबाट “मेरो समर्थन छ” भनी समर्थन जनाउने केन्द्रीय सदस्यको नामावली
१.रामचन्द्र झा
२.विजय गुरुङ
३.यदुवंश झा
४.सत्रुघ्न महतो
५.निरज आचार्य
६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल
९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला
१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधिर शाह
१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई
२१.मेटमणी चौधरी
२२.गणेश पहाडी
२३.चुडामणी जंगली
२४.सुरेन्द्र मानन्धर
२५.श्री प्रसाद शाह
२६.सुधिर शाह
२७.शेरबहादुर तामाङ
२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१.घनेन्द्र बस्नेत
३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दबिक्रम शाह
३५.श्रीमाया थकाली
३६.डा.वंशीधर मिश्र
उपस्थित भै हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरु
३७.कृष्ण के.सी.
३८.ठाकुर गैरे
३९.माधव अर्याल
४०.भाष्कर काफ्ले
४१.रामकुमारी झाँक्री
४२.जगन्नाथ खतिवडा
४३.डा.विजयकुमार पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया