धनमानको परिवारलाई बेलायतबाट ३ लाख सहयोग

गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका-६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ ।

घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके-पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो । 

सो रकम शुक्रबार युके-पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गरेका हुन् । 

स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन् । उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?