कृत्रिम योनी बनेपछि युवतीले पाइन् नयाँ जीवन

काठमाडौँ–महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती ।
गोरखापत्र दैनिक लेख्छ–महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् ।
पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए ।

त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन ।
इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा आरपी चौधरी, डा सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?