गेजुवासँग गोप्य वार्ता, मन्त्रालयका अधिकारी नै बेखबर

काठमाडौं–बूढीगण्डकी निर्माणको विषयमा चाइना गेजुवा ग्रुप कम्पनीका प्रतिनिधिसँग तीन दिन वार्ता गरेपनि सरकारले निष्कर्ष गोप्य राखेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको लागि भन्दै बुधबारदेखि शुक्रबारसम्म वार्ता गरेको थियो ।

‘गेजुवा र ऊर्जामन्त्रालयको वार्ता शुक्रबार टुंगिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘के निष्कर्ष भयो हामीलाई पनि भनिएको छैन ।’

असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी आयोजना निर्माणका लागि गेजुवासँग समझदारी गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?