काठमाडौं । शैक्षिक भ्रमणबाट फर्कने क्रममा दाङमा शुक्रबार साँझ बस दुर्घटनामा मृत्यु भएका २२ मध्ये ५ जनाको पहिचान खुलेको छ ।
जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।
दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका-१ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका-१४ का २७ वर्षीय बिजय जीएमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्यको केही बेरपछिबाट सनाखत गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, दुईजना शिक्षक र तीनजना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। ३७ जना यात्रु रहेको उक्त बस ६-७ सय मिटर तल खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया