दाङमा भएको बस दुर्घटनामा १६ को मृत्यु, काँग्रेसद्वारा व्यक्त

काठमाडौं–दाङमा भएको बस दुर्घटनाको  घटनाप्रति नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गरेका छन् ।
उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गपनि गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दाङको घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?