कारागारबाट भागेका कैदी पक्राउ

दुई वर्षअघि कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले  पक्राउ गरेको छ । 

जिउ मास्ने बेच्ने मुद्दामा कैलाली कारागारबाट सजाय भोगिरहेको अवस्थामा फरार भएका  ३५ वर्षीय सुरज कोलीलाई शुक्रबार काठमाडौँको सीतापाइलाबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार निजलाई सीतापाइलामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।  

धनगढी उपमहानगरपालिका–६ घर भएका कोली ९ वर्ष ३ महिना सजाय कटाइसकेको अवस्थामा २०७३ असोज ६ गते जिल्ला कारागार कैलालीबाट फरार भएका थिए ।

उनलाई बाँकी सजाय भुक्तान र थप कारबाहीका लागि कैलाली पठाइदैछ। 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?