गुन्डा नाइके दिपक मनाङ्गे थुनामुक्त

काठमाडौं । चर्चित गुन्डा नाइके दिपक मनाङ्गे उर्फ राजिव गुरुङलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । 

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै उनलाई कारागारबाट पनि छाडिएको छ । 

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएका थिएनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?