प्रहरीले भित्र्यायो मोबाइल फोरेन्सिक भ्यान, के छन् विशेषता?

काठमाडाैं । नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको छ ।

अपराध भएको स्थानमा नै पुगेर शुष्म अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको हो । प्रहरी प्रधान कार्यालयले ९६ लाखमा खरिद गरेको भ्यान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहलाई बिहीबार हस्तानान्त्रण गरेका हुन् ।

अपराध अनुसन्धानमा महत्वपूर्ण मानिएको सो भ्यानमा घटनास्थलको अनुसन्धान र सबुतप्रमाण संकलनका लागि आवश्यक सबै सामाग्री रहेको प्रहरीले जनाएकाे छ । अब काठमाडाैं प्रहरीले घटनास्थलको वैज्ञानिक अनुसन्धानका लागि आजवश्यक उपकरणसहितको भ्यान परिचालन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?