बचतमा साढे ६ प्रतिशत मात्रै ब्याज

काठमाडौं–बैंकले साधारण बचतमा साढे ६ प्रतिशत भन्दा बढी ब्याज नदिने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको बैठकले साधारण र मुद्दती निक्षेपमा ब्याजदर सीमा तोकेको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यसैगरी व्यक्रिगत मुद्दती निक्षेपमा ९.२५ र संस्थागत निक्षेपमा ८.५ प्रतिशतभन्दा बढी ब्याज नदिने ‘भद्र सहमति’ संघले गरेको छ ।
सहमतिअनुसार बैंकले न्यूनतम ब्याजअन्तर २ प्रतिशत राख्नुपर्नेछ । कल डिपोजितको ब्याज साढे ४ प्रतिशतमा झर्ने निर्णय पनि बैठकको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?