टिपरको ठक्करले एक जनाको मृत्यु

बाँके । टिपरको ठक्करबाट आज बर्दियाको बढैयाताल-८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका-८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो ।

घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

चालक गेरुवा गाउँपालिका-३ का ३५ वर्षीय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?