काठमाडौं । भक्तपुरका स्थानिय बासिन्दाले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सयौं वर्ष पुरानो बस्तीलाई मापदण्ड विपरित भएको भन्दै सडकविस्तार गरि समाप्त पार्न खोजेको आरोप लगाउँदै भक्तपुर मध्यपुर थिमीका बासिन्दाले बिहीवार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘ऐतिहासिक बस्ती मास्न पाइदैन उठीबास गर्ने विकास हामीलाई चाहिदैन’ भन्ने नारासहित प्रदर्शमा उत्रिएका थिए ।
प्रदर्शनमा सहभागीले ‘जनतालाई साथ नदिनेले आगामी चुनावमा लात खान्छ, ऐतिहासिक बस्ती विनाश गर्न पाईदैन, जनतालाई उठिवास गर्ने विकास चाँहिदैन, अदालतको आदेश कार्यान्वयन गर’ लगायतका व्यानर बोकेर प्रदर्शन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया