लेखनाथ — मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।
कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो ।
अदालतका से्रस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया