काठमाडौँ – नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ ।
अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो ।
एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर राखेर नियमावली संसोधन गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया