बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

लोकपथ
35
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आउँदो फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को माघ २४ गतेको बैठकको निर्णयअनुसार प्रदेशभर बिदा दिने आर्थिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं प्रवक्ता अनुशील सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?