ललितपुर । ललितपुरमा ट्याक्सी चालकलाई कुटपिट गरि नगद र मोबाइल लुटपाट गरिएको छ ।
ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई अज्ञात व्यक्तिले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका हुन् ।
बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालका अनुसार अज्ञात व्यक्तिको कुटपिटबाट बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।
उनको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको एसपी खनालले जानकारी दिए ।
उनीहरु दुवै जनाले चालकको साथमा रहेको ६ हजार रुपैया र मोबाइल लुटेका थिए ।
उक्त घटनामा संलग्नको खोजी भइरहेको र विभिन्न टेक्निकको प्रयोग गरि हुलिया पहिचान गर्ने प्रयास भइरहेको एसपी खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया