विवेकशील साझालाई शुभकामना दिँदै मिश्रले भने- ‘विचारमा अन्तर भए पनि नियतमा अन्तर छैन’

लोकपथ
56
Shares

काठमाडौं । विवेकशील साझाको महाधिवेशन आजदेखि हुँदैछ । विवेकशील साझाले महाधिवेशनका लागि नेपालका विभिन्न राजनितीक दलहरुलाई निमन्त्रणा दिएको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने निमन्त्रण गरेको छैन ।

यसैबीच रवीन्द्र मिश्रले विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै ‘विचारमा अन्तर भए पनि नियतमा अन्तर नभएकाे बताएका छन्।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले भनेका छन्, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?