पूर्वप्रधानमन्त्री गिरीको अन्त्यष्टि आज

काठमाडौं । मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्यष्टि आज गरिने भएको छ ।

बुधवार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गिरीको अन्त्येष्टि गरिने भएको हो । 

पारिवारिक स्रोतका अनुसार त्यसअघि २ बजेसम्म उनको शव बुढानिलकण्ठस्थित निवासमै राखिने भएको छ । 

गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेको परिवारले जानकारी दिए । 

उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको परिवारका एक सदस्यले जनाए । 

साथै पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी दिइने छैन ।

निधनअघि उनले आफूलाई सर्वसाधारणको जस्तै अन्त्येष्टि गर्न र लसलामी नदिन भनेका थिए ।

उनको बूढानीलकण्ठस्थित निवासमै मंगलवार बिहान निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?