आजको मौसम : देशभर सफा रहने, न्यानो महसुस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीपख सामान्य बदली भए पनि बुधबार देशभरको मौसम सफा रहने भएको हो । 

‘बिहान देखिएको सामान्य बदली हट्ने क्रममा रहेको छ ।’ मौसमविद शमिर श्रेष्ठले भने, ‘दिउँसो मौसम सफा रहनुका साथै घाम लाग्ने भएकोले न्यानो महसुस हुनेछ ।’

उनका अनुसार बुधबार बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

मंगलबार न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १६.२ डिग्री मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?