काठमाडौं । काठमाडौंकाे बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् ।
आमाछोरा सवार बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई बुधबार बिहान बा ४ च ६८४८ नम्बरको भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका अनिल श्रेष्ठको त्यु भएको हो । अनिलकी आमा भगवती घाइते भएकी छन् ।
उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया