ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !

गोरखा – पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ।

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ।आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?