काठमाडौं । धनुषाको एक भट्टी पसलबाट पेस्तोलधारी समातिएका छन् । जिल्लाको हंषपुर नगरपालिका-५ सुगानिकासस्थित मदिरा पसलबाट लोड गरिएको पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका हुन् ।
स्थानीय मंगल साह तेलीको मदिरा पसलमा मदिरा खाँदै गरेका हंषपुर नगरपालिका-७ का ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई प्रहरीले लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट 9mm को पेस्तोल एकथान र सोमा प्रयोग भएको म्याग्जिन एकथान तथा सोही म्याग्जिनमा लोड भएको गोली राउण्ड ६ फेला पारेको हो ।
मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया