पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको हो । निगमको मंगलबार साँझ बसेको बैठकले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० कायम भएको छ भने डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार नयाँ मूल्यसूची पठाएका आधारमा निगमले मूल्य समायोजन गरेको छ । आइओसीले निगमलाई नयाँ मूल्यसूची महिनाको १ र १६ तारिखमा पठाउने गर्छ । केही दिनअघि मात्र निगमले पेट्रोल, मट्टितेल र डिजेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको थियो ।

नयाँ मूल्यसूची आजै मंगलवार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?