सिन्धुपाल्चोकका १३ हजार परिवारमा अब खानेपानीको सुविधा

सिन्धुपाल्चोकका १३ हजार परिवारले अब खानेपानीको सुविधा प्रयोग गर्न पाउने भएका छन् ।

भूकम्पपछि क्षतिग्रस्त खानेपानी योजनाहरु निर्माण सम्पन्न पछि २३ योजनामार्फत १३ हजार घरपरिवारलाई शुद्ध खानेपानी वितरण गरिएको हो । 

भूकम्प पुनलाभ कार्यक्रम अन्तर्गत ग्लोबल अफेयरस क्यानडाको सहयोगमा अक्सफाम नेपालले सिन्धुपाल्चोक जिल्लाका स्थानीय गैरसरकारी संस्थामार्फत खानेपानी योजना मर्मत र नयाँ योजना सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?