काठमाडौं । पर्सामा तस्कर र प्रहरीबीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् । जिल्लाको जगन्नापुर गाउँपालिका -१ पाँडेपुरमा तस्करले प्रहरीकाथि आक्रमण गरेका हुन् ।
आक्रमणमा तीन प्रहरी घाइते भएका छन् भने प्रहरीको हतियार समेत लुटिएको थियो । तर तस्करले हतियार लुटे पनि फिर्ता गर्न प्रहरी सफल भएको छ ।
आक्रमणमा प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । डिजेल तस्करलाई सोधपुछ गर्दा तस्करको समूह प्रहरीमाथि आक्रमण गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।
बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । भागेका तीनैले तस्करको समूह ल्याएर प्रहरीमाथि आक्रमण गरेर डिजेल र बाइकसहित भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया