एकाएक किन बढ्यो काठमाडौंसहित देशभर चिसो ?

काठमाडौं– सोमबार अचानक मौसम बढली भयो । कारण थियो फेथाई । बंगालको खाडीमा विकसित सामुद्रीक चक्रवात हो फेथाई । जसको प्रभावमा नेपालमा हल्का वर्षा र उच्च भागमा हिमपात हुने मौसमविद्को अनुमान छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

मौसम मदलीसँगै देशैभर चिसो बढेको छ । आइतबार काठमाडौंमा ३.४ डिग्रि सेल्सियस रहेको तापक्रम सोमबार २.५ मा झर्यो ।

फेथाई चक्रबातको बाहिरी घेराबाट जलवाष्पयुक्त बादल नेपालतिर सरेपछि बदली भएको जल तथा मौसम पूर्वानुमहाशाखाका विज्ञ वरुण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?