बेरोजगार इञ्जिनीयरलाई रोजगारी दिलाइने

चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले देश प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । 

उनले नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशमा विजयी प्रगतिशील समूहलाई बधाई दिँदै इञ्जिनीयरहरुले ठेकेदारी प्रथा सुधार्नुपर्ने बताउँदै मुलुककै सेवा गर्ने काममा उत्साहित हुनुुपर्छ भने  ।

इञ्जिनीयरको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण सङ्घीय र प्रदेश सरकारले सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । 

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले प्रदेशले बनाउने नीतिनियममा इञ्जिनीयरले उठाएका विषय समावेश गरी सहकार्य गर्दै अघि बढ्ने वचन दिए ।

नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशको ३२ औंँ अधिवेशनमा निर्वाचित बाबुराम भण्डारीले बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन र मुलुकलाई प्रविधिमैत्री बनाउने नीति तयार गर्न सङ्गठनले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?