एसिया प्यासिफिक समिटमा सरकारकाे १३ करोड खर्च

काठमाडौं– विवादास्पद एसिया प्यासिफिक समिटमा करीब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ ।

युनिभर्सल  पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ कर्ख भएको हो ।

अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारको तर्फबाट भएका दुई पक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको हो ।

आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?