प्रधानसेनापतिद्धारा कालीबहादुर गणको निरीक्षण

प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित कालीबहादुर गणको स्थलगत निरीक्षण गरेका छन् । 

उनले त्यहाँको वस्तु स्थिति, तालीम, बन्दोस्तीलगायत विविध पक्षबारे जानकारी लिएका हुन् ।

उत्तरपश्चिम पृतना मुख्यालय र मध्यपश्चिम पृतना मुख्यालय अन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरी उनी यही पुस ५ गते काठमाडौ फिर्ता हुने कार्यक्रम छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?