बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गर्दौ तीन जनालाई जन्मकैद

काठमाडौं । जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या गरेको  अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाएको छ। 

गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भएको थियो । 

बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे।  जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उनीहरुलाई दोषी ठहर गर्दौ जन्मकैदको फैसला सुनाएको हो।

बलात्कारका तिनै जना दोषीलाई २० वर्ष कैद र मृतकका हकवालाले एक लाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला गरिएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रारले जनाएका छन् । 

जन्मकैद सजाय पाउने बास्तोलाका दुई भाइ हुन भने कोइराला ट्राफिक प्रहरी रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?