पोखरा विश्वविधालय प्रशासनलाई स्ववियुको एक हप्ते अल्टिमेटम

पोखरा । स्वतन्त्र विधार्थी यूनियन पोखरा विश्वविधालयले आफ्ना मागहरुलाई वेबस्ता गरेको भन्दै विश्वबिधालय प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएको छ ।

विगत ९ महिना देखी बिभिन्न चरणमा गरिएका मागहरु प्रति प्रशासनले चासो नदिएको भन्दै एक हप्ते अल्टिमेट दिइएको हो स्वबियु सभापति सुनिल तिमिल्सिनाले भने ।

उनले एक हप्ता भित्रमा मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रत्येक प्रदेशमा एक एक आंगिक क्याम्पस खोलिनुपर्ने , विश्वविधालय भित्र बैकिंङ  सुविधा व्यबस्थापन गरिनुपर्ने , प्रत्येक संकायको आफ्नै परिक्षा नियन्त्रक तोकिनुपर्ने ,विधार्थीहले रिचेकिङ गर्न पाउनुपर्ने जस्ता मागहरुलाई स्वबियुले प्रशासन समक्ष राखेको छ । 

‘हामिले बिभिन्न चरणमा मागहरु राख्दै आएका छौं हाम्रा मागहरु विश्वबिधालय र बिधार्थीको हितमा छ’ सभापति तिमिल्सिनाले भने, ‘ प्रशासन गम्भिर देखिएन , हाम्रो मागलाई सम्बोधन हुने उचित वातावरण बनेन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?