दिल्लीमा तीन वर्षीया बालिका बलात्कृत, स्वस्थ्य अवस्था नाजुक

एजेन्सी । भारतको राजधानी दिल्लीमा बलात्कृत भएकी ३ वर्षीया बालिकाको स्वस्थ्य अवस्था नाजुक रहेकाे बताइएकाे छ । 

तीन  वर्षीया बालिकाको बलात्कारको आरोपमा घरमा काम गर्ने ४० वर्षको एक वृद्धलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरिसकेको छ । प्रहरीले बालिकालाई बेहोसी अवस्थामा भेट्टाए लगतै अस्पताल लगिएको समेत बताइएको छ । ति बालिकाको अहिले शल्यक्रिया भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  उक्त घटना आइतबार घटेको हो । जो दिल्ली बसमा भएको सामुहिक बलातकारको छैटौं वर्ष थियो । 

बलात्कृत बालिकाको स्वस्थ्य अवस्थाबारे कुनै पनि औपचारीक जानकारी आएको छैन । तर, भारतीय सञ्चारमाध्यमहरुले  ति बालिकाको अवस्थामा सुधार नभएको जनाएका छन् । त्यहाँका स्थानियहरुले घटना थाहा पाइसकेपछि बलात्कार गर्ने व्यक्तिमाथि आक्रमण समेत गरेका थिए । 

बालिकाको आमा बुबा मजदुर भएकाले घटना हुँदा उनीहरु घरमा थिएनन् ।  प्रहरीले यौन अपराधबाट बच्चाहरु बचाँउ भन्ने अन्तर्गतको बलात्कारको मुदा दर्ता गरेको छ । जसको सजाय मृत्युदण्ड पनि हुन सक्ने अनुमान गरिएको छ । 

भारतमा यौन हिंसाको सख्या 

  • १६ वर्ष भन्दा कम उमेरका बालबालिका हरेक १ सय ५५ मिनेटमा र १३ घण्टामा १०बर्षको बलिकाहरु बलात्कृत हुने गरेका छन् । 
  • भारतमा सन् २०१२ मा आठ हजार पाँच सय ४१ बलात्कृत भएका थिए भने २०१६ मा सो सख्या बढेर १९, ७६५ पुगेको थियो । 
  • सन् २०१५ मा मात्र दस हजार भन्दा बढि बालिकाहरु बलात्कृत भएका थिए । 
  • भारतमा बस्ने २ करोड ४० लाख महिलाहरूले १८ वर्ष पुग्नु भन्दा अघि विवाह गरेका थिए । 
  • सरकारी अध्ययनमा भाग लिएका ५३ दशमलब २२ बच्चाहरुमाथि कुनै न कुनै यौन दुर्व्यवहारको रिपोर्ट छन् । 
  • ५० भन्दा बढि यौन हिंसामा आफन्तहरुकै संलग्नता पाइएको छ । 
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?