मनिताको मिस युनिभर्सको यात्रा टुङ्गियो

काठमाडौं– नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा पुगेकी मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।
थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा उनी  टप १० मा पुगेपनि अन्तिम ५ मा पर्न असफल भइन् ।

शीर्ष पाँचमा  पुयोर्टो रिको, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएलाका सुन्दरीहरु पुगेका छन् ।

अब यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?