ओखलढुंगामा बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध

ओखलढुङ्गा– ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो ।    
जिल्ला सदरमुकामसहितका मुख्य तथा सहायक व्यापारिक केन्द्रबाट छुट्ने र भित्रने लामो, छोटा दूरीका सवारीको चाप हुने समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?