काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रा.लि.ले Switch to Premium Car Culture नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ ।
यही माघ १८ गते देखि शुरू हुने गरी आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि देशव्यापी रूपमा एक्सचेन्ज अफर ल्याएको हो । आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकन भन्दा राम्रो मूल्यांकन दिईने कम्पनीको दाबी छ ।
यो योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । साथै, निशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ३ जना भाग्यशाली ग्राहकहरुले लक्जरी रिसोर्टमा Staycation पनि जित्न सक्नेछन् ।
हाल नेपालमा फक्सवागनका Polo, Taigun, Allspace र Touareg भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको Unlimited KM Warranty र र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ ।
पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्रीवितरण गर्दै आएको छ । अतुलनीय स्टाइल, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट निर्माण भएका कारण नेपालमा बिक्रीवितरण शुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया